हावाहुरी पीडितलाई भक्तपुरबाट चार लाख

काठमाडौं— हावाहुरीका कारण घरबार गुमाएका बारा र पर्साका पीडितलाई भक्तपुरका युव व्यवसायीहरुले चार लाख सहयोग गर्ने भएका छन् । पूर्वउद्योग मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता महेश बस्नेतको पहलमा भएको राहत संकलनमा यो रकम उठेको हो । 

भक्तपुरमा उठेको यो रकम अहिले बाराको पर्शुरामपुरमा उद्धार कार्यमा खटिएका युवा संघका अध्यक्ष रमेश पौडेल तथा वरिष्ठ उपाध्यक्ष किरण पौडेललाई हस्तान्तरण गरिएको छ । भक्तपुरका व्यवसायीहरु राजेश चिकबन्जार, निर्भय प्रसाई्र, पूर्ण लिम्बु, प्रबिन कुश्मा, यादव राईलगायतको अग्रसरतामा उठाइएको यो रकम प्रभावित क्षेत्रहरुमा प्रभावकारी वितरण गर्ने युवा संघको राहत तथा उद्धार समितिका संयोजक किरण पौडेलले बताए । 

त्यस्तै, युवा संघका उपाध्यक्ष पर्शुराम बस्नेतको नेतृत्वमा प्रदेश १ कमिटीले संकलन गरेको ७ लाख मूल्य बराबरका राहत सामग्री पनि प्रभावित क्षेत्रमा पुर्याइएको पौडेलले जानकारी दिए । अहिले युवा संघका कार्यकर्ता तथा स्वयंसेवकहरु प्रभावित क्षेत्रको सरसफाइ, व्यवस्थापन तथा अस्थायी टहरा निर्माणमा जुटिसकेका छन् । 





  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार २०:१९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया