बेलायतको संसदमा अर्धनग्न प्रदर्शन, प्रदर्शनकारी पक्राउ

एजेन्सी– बेलायतको संसदमा पर्यावरण कार्यकर्ताले अर्धनग्न भएर प्रदर्शन गरेका छन् । यस्तो प्रदर्शन बेलायतकाे संसदमा पहिलो पटक भएको हो । ब्रेक्जिट सम्झौतामा जलवायु परिवर्तनको मुद्दा समावेश नगरेकोप्रति यिनीहरुको असन्तुष्टि थियो । 

एक्सिन्टशन रेबेलियन गु्रपका ११ कार्यकर्तामध्ये संसदको पब्लिक ग्यालरीमा २० मिनेटसम्म विरोध प्रदर्शन गरेका थिए । 

यी मानिस स‌ंसदकाे ग्यालरीमा रहेकाे काँचको ढोकातर्फ उभिएका थिए, यिनीहरुको पछाडी सांसदहरु थिए । छातीमा ‘सबै जीवनका लागि’ जस्ता स्लोगन लेखेका थिए ।

प्रहरीले सार्वजनिक स्थानको गरिमा भंग गरेको आरोपमा प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । बेलायतको संसद १७०७ मा बनेको थियो । लोकतन्त्रको उदय यहीँबाट भएको हो, यसकारण पनि यसलाई मदर अफ पार्लियामेन्ट भनिन्छ । 

१९७८ जुलाईमा माल्टाका पूर्वप्रधानमन्त्री डोम मिन्टाफकी छोरी यानाले स्कटिस होम रुलमा बहस गर्ने क्रममा ग्यालरीबाट सांसदमाथि घोडाको गोबर भरिएको ब्याग फालेकी थिइन् । जुन गोबर सांसदको सीटभरि फैलिएको थियो । 

फादर्स फर जस्टिसका कार्यकर्ताले तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरलाई पर्पल फ्लोर प्रहार गरेका थिए । प्रदर्शनकारीले सम्बन्धविच्छेद भइसकेपछि बुवाले बच्चासँग भेट्न पाउने कानुनलाई लचिलो बनाउन माग गरिरहेका थिए । 





  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार ८:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया