भिडियो गेम खेलेर एक वर्षमा २ लाख डलर

एक अमेरिकी १४ वर्षीय किशोर ग्रिफिन स्पिकोस्कीले भिडियो गेम खेलेर एक वर्षमा २ लाख डलर कमाएका छन् ।

ग्रिफिन हरेक दिन ८ घण्टा भिडियो गेम फोर्टनाइट खेल्थे । 

उनले आफ्नो भिडियो युट्युब च्यानल स्केपटिकमा नियमित अपलोड गर्थे । ग्रिफिनको च्यानलमा विज्ञापनदाता र स्पन्सरसिपबाट उनको लगातार कमाइ हुन थाल्यो ।

ग्रिफिनको युट्युब च्यानलमा १२ लाख सब्सक्राइबर छन् । उनको भिडियोमा ७.१ करोडसम्म भ्यु पुगेको छ । 

अभिभावकले उनका लागि फाइनेन्सियल एडभाइजर र एकाउन्टेन्ट पनि राखेका थिए । 

ग्रिफिनको खेलप्रतिको लगाव धेरै अत्यन्त थियो । उनका बुवाआमाले विद्यालयबाट निकालेर घरमै अनलाइन कोर्स गराउन सुरु गरेका थिए । 



ग्रिफिन इ–स्पोर्टस गेमरको रुपमा नाम कमाउन चाहन्छन् । उनी ३ वर्षको उमेरदेखि नै भिडियो गेम खेल्न सुरु गरेका थिए । 
 



  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार १२:३६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया