सनराइजर्स हैदराबादविरुद्ब दिल्ली क्यापिटल्सबाट खेल्दै सन्दीप

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बिहीबार राति सन्दीप लामिछानेको दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै छ । नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा फिरोज शाह कोट्ला रंगशालामा दिल्ली र हैदरावादबीचको खेल हुनेछ । 

दिल्ली चार अंक बटुलेर अहिले लिगको अहिले पाँचौँ स्थानमा छ भने हैदराबाद भने लिगको तेस्रो स्थानमा छ । दिल्लीले चार खेलमध्ये दुई खेलमा हार र दुई खेलमा जित हात पारेको छ । हैदराबाद र दिल्लीमध्ये विजेता टिम शीर्ष स्थानमा उक्लिनेछ ।

हैदरावाद र दिल्लीको प्रतिस्पर्धामा नेपालका सन्दीप लामिछाने र आइसिसी विश्व बरीयताका नम्बर एक बलर अफगानिस्तानका रसिद खान आमने–सामने हुनेछन् । जारी प्रतियोगितामा रसिदले भन्दा सन्दीपले राम्रो पर्फमेन्स दिइरहेका छन् ।

यी हुन् दुई टिमका प्लेइङ इलाभेन 

दिल्ली

श्रेयस ऐयर (कप्तान), पृथ्वी शाव, शिखर धवन, ऋषभ पन्त, कोलिन इन्ग्राम, क्रिस मोरिस, हनुमा विहारी, हर्षल पटेल, कागिसो रबडा, अभेष खान र सन्दीप लामिछाने ।



हैदराबाद 

डेभिड वार्नर, जोनी ब्रेस्ट्ओ, विजय शंकर, मनीष पाण्डे, युसुफ पठान, मोहम्मद नावी, दीपक होडा, राशिद खान, भुवनेश्वर कुमार, सिद्धार्थ काउल र सन्दीप शर्मा ।



  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार १५:४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया