अब अत्यावश्यक सेवाक्षेत्रमा हडताल निषेध

काठमाडौं– सरकारले अत्यावश्यक सेवाका क्षेत्रमा हडताल गर्न नपाइने निर्णय गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गत चैत १४ गतेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय गरेको बताए ।
 
यस्ता अत्यावश्यक क्षेत्रमा टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग,  सञ्चार सेवाका क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, एलपी ग्यास, अस्पताल एम्बुलेन्स, औषधि उत्पादन फोहोरमैला व्यवस्थापन विद्युत, दैनिक खाद्यवस्तुलगायत छन् । अब यी क्षेत्रमा हडताल गर्न नपाइने र यसबारे छिट्टै राजपत्रमा सूचना प्रकाशित गरिने मन्त्री बाँस्कोटाले बताए । 

सरकारले सवारीसाधनको सडक उपभोग दस्तुर वृद्धि गरी सोसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्ले धादिङको धुनीबेसीमा रहेको ० दशमलब १७ हेक्टर वन फडानी गर्ने निर्णय पनि गरेको छ । युनाइटेड सिमेन्टको नौविसेस्थित सिमेन्ट कारखानासम्म जानका लागि बाटो बनाउन सो वन फडानी गर्न लागिएको हो ।





  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार १७:१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया