एलपी ग्यास व्यवसायी आन्दोलनमा

काठमाडौं– खाना पकाउने ग्यास (एलपी) उद्योगी आन्दोलनमा उत्रेका छन् । नेपाल आयल निगमले यसअघि प्रतिबद्धता जनाएको १० बुँदे माग पूरा नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन् ।

 निगमले यसअघि २० गतेसम्म माग पूरा गर्ने प्रतिबद्धता जनाएको थियो । तर, निर्धारित मितिमा माग पूरा नभएको भन्दै नेपाल एलपी ग्यास उद्योग संघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

संघले शुक्रबारदेखि पिडिओ खरिद तथा ग्यास लोडिङ पूर्ण रूपमा बन्द गर्ने, २५ गतेदेखि लोड भएका बुलेट पनि भन्सारबाट नछुटाउने र २८ गतेदेखि देशभरका ग्यास उद्योग बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । संघले चैत ३० गतेबाट ग्यास विक्री–वितरण नै बन्द गर्ने घोषणा गरेको छ ।

उद्योगीको मागबारे अध्ययन गर्न निगमले एक अध्ययन समिति नै बनाएको भए पनि समितिले केही काम नगरेपछि आन्दोलमा उत्रिनु परेको संघको दाबी छ ।





  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार १८:८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया