‘पतिले साथीहरुको अगाडि नाच्न लगाए, अस्वीकार गर्दा मुन्डन गरिदिए’

एजेन्सी— ‘उसले मलाई दैनिक अत्यन्त धेरै पीडा दिन्थ्यो, पिट्थ्यो । तर, यसपटक त उसले मेरो सबै कपाल खौरिदियो । नोकरका अगाडि मलाई नग्न बनायो, नोकरलाई समात्न लगायो र मेरो कपाल काटिदियो । उसले ममाथि यति ठूलो अत्याचार गरेको छ कि म बताउन पनि सक्दिनँ, मलाई आफैंलाई थाहा छैन म त्यहाँबाट अर्को दिन कसरी निस्किएँ । म प्रहरी चौकी पनि गएँ तर त्यहाँ पनि प्रहरीहरुले मसँग पैसा मागे । तर, मसँग पैसाको नाममा केही पनि थिएन । मेरो अनुरोध हो कि— सहयोग गरिदिनुस् ।’

यो आरोप हो, पाकिस्तानकी आसमाँ अजिजको । उनले यो आरोप लगाएकी हुन्, पतिविरुद्ध । 

केही दिनअघि अजिजले आफ्नो एउटा भिडियो पोस्ट गर्दै पतिमाथि यी आरोप लगाएकी थिइन् । अजिजले पतिले आफ्ना साथीहरु अगाडि नाच्न गरेको अनुरोध आफूले अस्वीकार गर्दा पतिले यो हालत बनाएको आरोप लगाएकी छिन् ।

उनले आफ्नो भिडियो कसरी बनाइन् भन्ने त थाहा छैन तर सामाजिक सन्जालमा उनको भिडियो भाइरल भएको छ । र, पाकिस्तानमा महिलाको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढेको छ । 

पाकिस्तानी सहर लाहोरकी अजिजको जुन भिडियो भाइरल भएको छ, त्यसमा उनको टाउको मुन्डन गरिएको छ । र, उनको अनुहारमा चोट पनि देखिएको छ । यो भिडियो आएपछि उनका पति र उनका घरका सहयोगी प्रहरी हिरासतमा छन् । र, उनीहरुले आफूले अजिजलाई अत्याचार गरेको अस्वीकार गरेका छन् । 

तर, यो विषयमा एमनेस्टी इन्टरनेसनले पनि एउटा ट्विट गरेको छ । 



२६ मार्चमा पोस्ट भएको भिडियोमा अजिजले दुई दिनअगाडि आफ्ना पतिले यो अत्याचार गरेको बताएकी छिन् । तर, उनका पतिले अजिज ड्रग्स खाएर बेहोस भएर आफ्नो कपाल काटिरहेकी र आफूले सहयोग मात्र गरेको बताएका छन् । जे होस्, यो विषय अहिले अन्तर्राष्ट्रिय सन्चारमाध्यममा छाउन थालेको छ ।

 



 

  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार १८:४९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया