पहिला देश, त्यसपछि पार्टी अनि बल्ल आफूः आडवाणी

एजेन्सी— भारतीय जनता पार्टी (भाजपा)का नेता तथा भारतका पूर्वउपप्रधानमन्त्री लालकृष्ण आडवाणीले लामो समयदेखिको मौनता तोडेका छन् । उनले एउटा ब्लग लेख्दै आफ्नो मौनता तोडेका हुन् । 

पाँच सय शब्दको अंग्रेजी ब्लगमा उनले शीर्षक दिएका छन्– पहिला देश, त्यसपछि पार्टी र अन्तिममा आफू । 

आडवाणीले लामो समयदेखि लड्दै आएको गान्धीनगरको सिट यसपटक भारतीय जनता पार्टीले अध्यक्ष अमित शाहलाई उम्मेदवार बनाएपछि यो विषयमा लामो समय भारतमा चर्को बहस भएको थियो । विशेषगरि भाजपा भित्र भएको त्यो बहसबाट आफूलाई अलग राखेका थिए आडवाणीले । 

अब पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले ब्लग लेखका छन् । उनले ब्लगमा आफूलाई यसअघि निर्वाचित गरेका गान्धीनगरका जनतालाई धन्यवाद दिएका छन् । आडवाणी त्यही सिटबाट सन् १९९१ यता लगातार ६ पटक निर्वाचित भएका थिए ।

ब्लगमा आडवाणीले आफू १४ वर्षमा राजनीतिमा जोडिएको र सात दशक लामो राजनीतिक यात्रामा आफ्नो मार्गदर्शक सिद्धान्त नै देश, पार्टी र अन्तिममा आफू भएको लेखेका छन् ।

उनले भारतीय लोकतन्त्रबारे पनि खुलेर ब्लगमा चर्चा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आडवाणीका ब्लगको लिंक ट्विटरमा सेयर गर्दै आफूलाई गर्व लागेको उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार २१:५९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया