चुनावपछि ‘चौकीदार’ जेल जान्छन् –राहुल गान्धी

दिल्ली– कांग्रेस अध्यक्ष राहुल गान्धीले केन्द्र सरकारलाई भ्रष्टाचारको आरोप लगाएका छन् । उनले लोकसभाको चुनावपछि ‘चौकीदार’ (प्रधानमन्त्री नरेन्द्र मोदी) जेलमा हुने महाराष्ट्रको नागपुर र रामटेकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै बताए । 

राहुल गान्धीले भने ‘मोदी सरकारले ५५० करोड रुपैयाँको रफाल विमान १ हजार ६ सय करोडमा खरिद गरेको छ । रक्षा मन्त्री मनोहर पर्रिकरलाई समेत थाहा नदिइ मोदीले सिधै फ्रान्स सरकारसँग विमान किन्न सम्झौता गरे, जुन रक्षा मन्त्रालयको दस्तावेजमा लेखिएको छ ।’ पर्रिकरलाई पनि यस सम्झौतामा घोटला भएको राम्रोसँग थाहा छ, राहुलले थपे । 

राहुल गान्धीले प्रधानमन्त्री मोदीमाथि अनिल अम्बानी, विजय माल्या, गौतम अडानी, नीरव मोदी र मेहुल चोकसीजस्ता व्यापारीको पक्ष लिएको आरोप दोहोर्याएका छन् । 

‘लाखौं रकम लिएर फरार भएका व्यापारीलाई पनि मोदी भाइ भन्छन्’ राहुलले भने ‘मोदी मलाई प्रधानमन्त्री होइन चौकीदार बनाउनुहोस भन्छ, चुनावपछि थाहा हुन्छ, चौकीदार जेल जान्छन् ।’





  • प्रकाशित मिति : चैत २२, २०७५ शुक्रबार १०:१६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया