नयाँदिल्ली– ‘मेरो विवाहमा कुनै उपहार नदिनुहोस् । तर, सुनौलो भविष्यको लागि डा. सुजयदादा बिखे पाटिललाई भोट अवश्य दिनुहोस् ।’
भारतको अहमदनगरका फिरोज शेखले आफ्नो विवाहको कार्डमा यस्तो लेखे । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गर्यो ।
डा. सुजयदादा लोकसभा चुनावका लागि अहमदनगरका बिजेपीका उम्मेदवार हुन् । उनका लागि भोट मागिएको बिहेको निमन्त्रणा कार्ड समर्थकहरुले सामाजिक सञ्जालमा सेयर गरेका थिए ।
रिटायर्ड पोस्टमास्टर अलाउद्दिन शेखका छोरा फिरोजको बिहे ३१ मार्चमा भएको थियो । उनी जहाँ जान्थे, डा. सुजयदादालाई भोट दिने अपिल गर्दथे ।
यो मामिला चर्चामा आएपछि चुनाव अधिकारीहरुले छानबिन सुरु गरे । एसडिएम र सहायक चुनाव अधिकारी विशाल तानपुरेको निर्देशनमा पुलिस अधिकारी शान मोहम्मदले फिरोजविरुद्ध स्थानीय प्रहरी चौकीमा आचारसंहिता उल्लंघनको उजुरी दर्ता गराएका थिए ।
प्रहरीले गिरफ्तार गरेको केही घन्टामै फिरोजलाई अदालत पेस गरेको थियो । अदालतले उनलाई धरौटीमा रिहा गर्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।