प्रधानमन्त्रीमाथि कटु टिप्पणी गर्ने पूर्वसहायक रथीलाई जंगी अड्डाले सचेत गरायो

काठमाडौं– सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोपमा नेपाली सेनाले आफ्ना दुई पूर्व सहायक रथीलाई सचेत गराएकाे छ । पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई नेपाली सेनाको जंगी अड्डाले सचेत गराएको हो ।

बानियाँ र बस्न्यातले सेना परिचालन विधयेकको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल लगायतको कटु आलोचना गरेका थिए ।

एक राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिँदै बानियाँले भनेका थिए, ‘एउटा मुसालाई सेर बनाएर देशको प्रधानमन्त्रीले एउटा प्रमुख जिल्ला अधिकारीले गर्ने काम गर्छन् भने मेरो नाक ठाडो भएको छैन ।’

विधयेकले खशीको मासु पाइन्छ भनेर बाख्रीको मासु बेच्ने नियत राखेको भन्दै उनले आलोचना गरेका थिए । विप्लव समूहप्रति सद्भाव देखाउँदै उनले भनेका थिए, ‘के विप्लवजीको पार्टीले नेपाल खान लाग्या छ ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन पिङको नक्कल गरेको भन्दै उनले ‘पिपल पाते तरिकाले सेना परिचालन गर्दा जसरी पाकिस्तानमा सेनाले राजनीति गर्न सुरु गर्यो, त्यसरी नै नेपालमा पनि सुरु हुने’ टिप्पणी गरेका थिए ।

उनले खल्तीबाट सेना परिचान गर्ने केपी ओली को हुन् ? भन्दै प्रश्नसमेत गरेका थिए ।



सैनिक अधिकारीले अवकाश भएको कम्तीमा दुई वर्षसम्म सार्वजनिक रुपमा अभिव्यक्ति नदिने चलन छ । त्यसपछि पनि अधिकांश पूर्वसैनिक अधिकारी खासै अभिव्यक्ति दिँदैनन् । 



  • प्रकाशित मिति : चैत २२, २०७५ शुक्रबार १३:५६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया