आरसिबीको लगातार हारका पाँच कारण

एजेन्सी— जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा विराट कोहलीले नेतृत्व गरेको टिम रोयल च्यालेन्जसै बैंगलुरु (आरसिबी) लगातार हारिरहेको छ । शुक्रबार कोलकाता नाइट राइडर्ससँग भएको खेलमा पनि आरसिबी पाँच विकेटले पराजित भयो ।

शुक्रबारको खेलमा आरसिबीले कोलकातालाई जितका लागि २०६ रनको लक्ष्य दिएको थियो । तर, आन्द्रे रसेलले १३ बलमा एक चौका र सात छक्का प्रहार गरेर ४८ रनको योगफल तयार पारे । र, कोलकाताले १९.१ ओभरमा नै यो लक्ष्य भेट्ट्यायो । 

खेलमा रसेल मात्र होइन, क्रिस लिन र नितीश राणा पनि चम्किए । उनीहरुले क्रमशः ४३ र ३७ रन बनाएका थिए । टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबीले २० ओभरमा तीन विकेट गुमाएर २०५ रन बनाएको थियो । खेलमा विराटले ८४ रन र एबी डिभिलियर्सले ६३ रन बनाएका थिए । 

तर, आरसिबीले जारी आइपिएको पाँचौ खेल पनि जित्न सकेन । आखिर किन लागतार हार व्यहोरिरहेको छ त आरसिबी ? पाँच कारणः

 

१. ब्याटिङमा कमजोर 



शुक्रबारको खेलमा २० ओभरमा २०५ रन बनाउनु सानो लक्ष्य दिनु होइन । तर, जब पहिलो विकेटका लागि विराट कोहली र पार्थिव पटेलबीच ६४ रन बनेको थियो, खेलमा २३० रन बन्न सक्ने अनुमान धेरैले लगाएका थिए ।

तर, विराट कोहलीले ४९ बलमा ८४ रन र एबी डीले ३२ बलमा ६३ रन बनाएर आउट भएपछि यो लक्ष्य सम्भव भएन । त्यसो त यसअघिका खेलमा पनि आरसिबीले धेरै रनको लक्ष्य दिन सकेको थिएन । ऊ हैदराबादविरुद्ध ११३ रन र चेन्नईविरुद्ध ७० रनमा मात्र समेटिएको थियो । त्यसैले, आरसिबीको यसपटकको ब्याटिङ कमजोर भएको विश्लेषण गरिएको छ । 



 

२. कमजोर फिल्डिङ

अहिलेसम्म भएका खेलमा आरसिबीको फिल्डिङ अत्यन्त कमजोर देखिएको छ । आरसिबीका खेलाडीले जारी आइपिएलमा केही सुन्दर क्याचहरु मिस गरेका छन् । यसअघिको खेलमा राजस्थान रोयल्ससँग पनि पराजित आरसिबीले त्यो खेलमा पाँच क्याच छुटाएको थियो । 

 

३. धारविहिन बलिङ

आरसिबीका बलरहरुले यसपटक आफ्ना विशेषता देखाउन सकेका छैनन् । उसका बलरहरुलाई ब्याट्सम्यानहरुले राम्रो पिटिरहेका छन् । आरसिबीका लागि यसपटक सबैभन्दा किफायती बलर बनेका छन्, युजवेन्द्र चहल । तर, एकजना बलरको भरमा मात्र खेल जित्नु सम्भव हुँदैन नि !

 

४. टिम छनोटमा नै प्रश्न

यो टिमको चयनमा पनि कप्तान विराट कोहली चुकेको भारतीय विश्लेषकहरुले बताउन थालेका छन् । उनले पिचलाई हेरेर खेलाडीहरु छान्ने नगरेको धेरैको आरोप लागेको छ ।

 

५. विराटको कप्तानीमा नै प्रश्न

विराट कोहलीले अहिलेसम्म आफ्नो टिमलाई आइपिएलको च्याम्पियन बनाउन सकेका छैनन् । त्यसैले उनको कप्तानीमाथि पनि प्रश्न उठेको छ । 
– बिबिसी हिन्दीबाट

  • प्रकाशित मिति : चैत २३, २०७५ शनिबार ८:२७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया