पानीले बिथोलेपछि मातृभूमि कप क्रिकेट स्थगित

काठमाडौँ– धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगार्थ आयोजना गरेको मातृभूमि कप क्रिकेट प्रतियोगिता पानीले बिथोलिएको छ ।

सीताराम कट्टेलले फेसबुकमा स्टाटस लेख्दै वर्षाका कारण खेल स्थगित भएको जानकारी गराए । कट्टेलले फेसबुकमा लेखेका छन्, ‘आजका लागि तय गरिएको मातृभूमि कप क्रिकेट प्रतियोगिता लगातार परिरहेको बर्षाका कारण अवरूद्ध भएको छ । खराव मौसम र लगातारको वर्षाले त्रिवि क्रिकेट मैदानमा खेल हुन सकेन ।’ 

सबै तयारी पुगे पनि खेल हुन नसकेको जानकारी दिंदै उनले खेल अर्को मिति सम्मकालागि स्थगित गरिएको जानकारी गराए । अग्रिम टिकट खरिद गरेकाहरूलाई सोही टिकट सुरिक्षत राखी खेल हेर्न आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : चैत २३, २०७५ शनिबार ११:४१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया