बेलायतले पासपोर्टबाट इयु हटायो

एजेन्सी— युरोपेली युनियन (इयु)बाट नछुट्टिँदै बेलायतले आफ्ना राहदानीमा इयुको नाम हटाएको छ । अहिले बेलायत छुट्टिने प्रक्रिया (ब्रेक्जिट) सकिएको छैन । बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिटका लागि थप केही समय माग्ने प्रस्ताव गरेकी छिन् । 

तर, बेलायतले ३० मार्च देखि जारी गरेका नयाँ राहदानीहरुमा इयुको नाम हटाएको छ । तर, नयाँ राहदानी लिनेहरुले पासपोर्टमा त्यसरी नाम परिवर्तन गर्न नहुने बताएका छन् । सुसन नामकी एक बेलायतीले बिबिसीलाई भनेकी छिन्, ‘हामी अझै पनि इयुका सदस्य नै हौँ । तर, यो परिवर्तन आइसकेको रहेछ । यो राम्रो हो जस्तो मलाई लागेन ।’

त्यसो त यो महिनाको अन्त्यसम्ममा बेलायत युरोपेली युनियनबाट बाहिरिइ सकेको हुनेछ । तर, यो पासपोर्ट प्रयोग गर्दा केही पनि फरक नपर्ने बेलायतको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले केही समयका लागि युरोपेली युनियन लेखिएका पासपोर्ट पनि जारी गर्न सकिने पनि जानकारी दिएको छ । 





  • प्रकाशित मिति : चैत २३, २०७५ शनिबार ११:५८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया