एजुकेसन पार्कमा प्यारेन्ट्स इन्फरमेसन सेसन सम्पन्न

काठमाडौं– एजुकेसन पार्कले उच्च शिक्षा अध्ययनमा जाने विद्यार्थीको हितका लागि अभिभावकलाई लक्ष्य गरी ‘प्यारेन्ट्स इन्फरमेसन सेसन’ सम्पन्न गरेको छ । सुन्धारास्थित सिभिल मलको आठौँ तलामा रहेको पार्ककै कार्यालय हाताभित्र राखिएको दुईदिने कार्यक्रममा आयोजक र सहभागी अभिभावक एकमत देखिए ।

आयोजकका अनुसार, आज सम्पन्न ‘प्यारेन्ट्स इन्फरमेसन सेसन’को प्रमुख लक्ष्य विदेश अध्ययनमा चासो राख्ने विद्यार्थीका अभिभावकलाई सही रुपमा सुसूचित गर्नु थियो । विदेश अध्ययनमा जाँदा आइपर्ने चुनौतीहरु र विद्यार्थीमा पर्ने असरहरुलाई मध्यनजर गर्दै राखिएको कार्यक्रममा विदेश अध्ययन गर्दा विद्यार्र्थीहरुले आफ्नो जीवनका विभिन्न पक्षहरुमा कसरी उचित सन्तुलन ल्याउने र त्यसमा अभिभावकको कस्तो भूमिका रहनुपर्ने भन्ने विषयवस्तुमा आधारित रहेको एजुकेसन पार्कका कार्यकारी निर्देशक विराज पाण्डेले बताए ।

अर्कोतर्फ, एक सयभन्दा बढीको संख्यामा उपस्थित अभिभावकले यो कार्यक्रम सूचनामूलक एवं पथप्रदर्शक रहेको र यस्ता कार्यक्रमहरु आगामी दिनमा सामयिक रुपमा गरिनुपर्ने भावना व्यक्त गरेका थिए ।

विदेश अध्ययन क्षेत्रमा नेपालमै पहिलोपटक आयोजना गरिएको प्यारेन्ट्स इन्फरमेसन सेसन सोचेभन्दा बढी उपलब्धीपूर्ण रहेकोमा उत्साहित पाण्डे भन्छन्, ‘अभिभावकवर्गको प्रतिक्रिया एकदमै उत्साहजनक रह्यो । विदेश अध्ययनमा आधारित विभिन्न पक्षहरुलाई उजागर गर्दै सही जानकारी दिनु हाम्रो तात्पर्य थियो र त्यसमा हामी सफल भएको महसुस गर्दछौँ । आगामी दिनहरुमा अझ प्रभावकारी कार्यक्रमहरु लिएर आउँदै छौँ ।’

शैक्षिक परार्मशको क्षेत्रमा क्रियाशील विज्ञहरुको समूहले सञ्चालन गरेको एजुकेसन पार्कबाट कैयौँ विद्यार्थीले यथार्थ परामर्श लिई अध्ययनका लागि विदेश गएका छन् । एजुकेसन पार्कले विगत लामो समयदेखि उच्च शिक्षा अध्ययनको लागि अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, न्युजिल्यान्ड लगायतका देश जान चाहने विद्यार्थीहरुको लागि भाषा कक्षा तथा शौक्षिक परामर्श दिँदै आएको छ ।





  • प्रकाशित मिति : चैत २३, २०७५ शनिबार १७:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया