बुटवल– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी पुराना पार्टीभन्दा नयाँ फरक रहेको दाबी गरेका छन् । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेनमा बोल्दै उनले नयाँ शक्ति काठमाडौंमा खोलिएका मःम पसलजस्तो नभएको बताए ।
‘हामी काठमाडौंमा खोलिएका १० वटा मःम पसलमा अर्को थपिएर ११औँ बनेजस्तो होइन । मःम पसल थपिए संस्था बढ्ने हो, तर टेस्ट पुरानै,’ उनले भने, ‘हाम्रो पार्टी त्यो होइन । नयाँ टेस्टसहित हो ।’
विचार, संगठन र पुरानाभन्दा अलि फरक देश बनाउन आफूहरु लागिरहेको बताउँदै भट्टराईले नयाँ शक्ति पार्टी बिकुल्न नयाँ भएको दाबी गरे । विश्वमा नयाँ विचारको बहस भएकाले नेपाललाई पनि नयाँ ढंगबाट लैजान नयाँ शक्तिको आवश्यकता रहेको उनको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।