पुरानै लय पक्रिँदै जिदानकाे रियल मड्रिड, इबरमाथि २–१ को जित

मड्रिड–  स्पेनिस ला लिगाअन्तर्गत शनिबारको खेलमा जिनेदिन जिदानको रियल मड्रिडले इबरलाई पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा रियलले इबरलाई २–१ ले पन्छायो ।  रियलका लागि दुवै गोल करिम बेन्जिमाले गरे । इबरका तर्फबाट मार्क कार्डोनाले १ गोल गरे ।

सुरुवाती अग्रता इबरले लिएको थियो । खेलको ३९औँ मिनेटमा कार्डोनाले गोल गर्दै इबरलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा थप गोल भएन । 

५९औँ मिनेटमा रियलका करिम बेन्जिमाले पहिलो गोल फर्काए । ८१औँ मिनेटमा उनले दोस्रो गोल गर्दै रियललाई जित दिलाए ।

जितसँगै, रियलले ३१ खेलबाट ६० अंक बनाएको छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा रियल १३ अंकले पछि छ । इबरको भने ३१ खेलबाट ३९ अंक छ ।

जिनेदिन जिदानले क्लब छोडेपछि लगातार खराब प्रदर्शन गरिरहेको रियल उनले पुनः कोचिङ सम्हालेयता पुरानै लयमा फर्किएको छ । 





  • प्रकाशित मिति : चैत २४, २०७५ आइतबार ८:३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया