इरानमा १९ दिनदेखि बाढी, ७० भन्दा बढीकाे मृत्यु

एजेन्सी– इरानमा आएको भयानक बाढीले अहिलेसम्म ७० मानिसको मृत्यु भइसकेको छ र ७९१ मानिस घाइते भएका छन् । बाढीका कारण धेरै मानिस वेपत्ता छन् ।

इरानको सरकारी समाचार एजेन्सी इरनाका अनुसार बाढीबाट प्रभावित २९३ शहर र गाउँमा राहत तथा उद्दारको कार्य जारी छ । 

इरानका धेरै जसो ठाउँमा मुसलधारे वर्षा भएपछि १९ दिनदेखि लगातार बाढी आइरहेको छ । देशको पूर्वी क्षेत्रमा १९ मार्च र दक्षिण–पश्चिम क्षेत्रमा २५ मार्चमा बाढी आएको थिो । 

वर्षाका कारण पानीको बहाव बढेर बाँधहरु भत्किँदा धेरै गाउँ बगाएको छ । हजारौं मानिसहरु घर छोडेर बाहिर बसेका छन् । बाढीका कारण सडकहरु भत्किँदा उद्दार कार्य प्रभावित भएपछि हेलिकोप्टरको माध्यमबाट राहत सामग्री पुर्याइएको छ । 





  • प्रकाशित मिति : चैत २४, २०७५ आइतबार ८:८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया