चैत ३० गतेलाई सर्यो मातृभूमि कप

काठमाडौं– निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमि कप’ चैत ३० गतेलाई सरेको छ । यसअघि चैत २३ गते शनिबार हुने भनिएको थियो । तर, खेल खराब मौसमका कारण पूर्वनिर्धारित मितिमा हुन सकेको थिएन । 

धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले सूचना सार्वजनिक गर्दै खेल चैत ३० गते हुने जानकारी दिएका छन् । सो खेल हेर्नका लागि त्रिवि मैदानमा टिकट लिन सकिनेछ । यसअघि खरिद गरिएको पहिलेकै टिकटले खेल हेर्न सकिने उनले जनाएका छन् । 

मंगलबारदेखखि पुनः कलाकारहरू अभ्यासमा उत्रिनेछन् । नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना हुने खेलले अझै धेरैलाई लोभ्याउने आयोजकको विश्वास छ । 

खेलका लागि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नेतृत्वमा दुई छुट्टाछुट्टै टोली छनोट भइसकेको छ । चलचित्र र संगीत क्षेत्रका कलाकारले ए र बी टिममा रहेर मनोरञ्जनात्मक क्रिकेट खेल्नेछन् ।

त्यसैगरी, राष्ट्रिय क्रिकेटरहरुको दुई छुट्टाछुट्टै टिम छनोट भएको छ । टोलीको नेतृत्व पारस खड्का र ज्ञानेन्द्र मल्लले गर्नेछन् ।





  • प्रकाशित मिति : चैत २४, २०७५ आइतबार १३:३८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया