आठ अर्ब ८९ करोड मूल्यकाे ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौ– नेपाल राष्ट्र बैंकले ८ अर्ब ८९ करोडको रुपैयाँबराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बिक्रीका लागि बैंकले मंगलबारदेखि ट्रेजरी बिल जारी गर्ने भएको हो । ट्रेजरी बिल खरिद गर्नका लागि आगामी सोमबार दिउँसो ३ बजेभित्र अनलाइन बोलकबोलमा सहभागी हुन राष्ट्र बैंकले समयसीमा दिएको छ ।
 
बैंकले ९१ दिन अवधिका लागि १ अर्ब रुपैयाँको, १ सय ८२ दिनका लागि १ अर्ब ८९ करोड रुपैयाँको र ३ सय ६४ दिनको लागि ६ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । 

९१ दिनका लागि जारी हुने ट्रेजरी बिल आगामी वर्ष असार २४, १ सय ८२ दिनको बिल आगामी वर्ष असोज २१ मा र, ३ सय ६४ दिनको ट्रेजरी बिल आगामी वर्ष चैत २५ मा परिपक्व हुनेछ । 

नेपाल राष्ट्र बैंकले यसअघि चैत १८ मा पनि बिलको लागि बोलपत्र आह्वान गरेको थियो । त्यतिवेला २८ दिनको लागि ३ सय २५ करोडमा ५ अर्ब ३५ करोडको बोली लागेको थियो ।

यस्तै, ९१ दिनका लागि एक अर्ब रुपैयाँको ट्रेजरी बिलमा ६ अर्ब ६८ करोडको बोली लाग्यो भने १ सय ८२ दिनको लागि ३ अर्बको बिलमा १० अर्ब १५ करोडको बोली लागेको थियो । ३ सय ६४ दिनका लागि ४ अर्ब ३६ करोडको बिलमा १४ अर्ब ३८ करोडको बोली लागेको थियो । 

राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकमा खाता नहुनेका लागि सोमबार तीन बजेभित्र नेपाल राष्ट्र बैंकले तोकेको अन्य बैंक खातामा पैसा जम्मा गरेको भौचर लिएर आउन निर्देशन दिएको छ । 





  • प्रकाशित मिति : चैत २४, २०७५ आइतबार १५:१६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया