logo-img

एसएमएस फ्रेन्डसिप टी-२० मा नेपालले आज बरोडासँग खेल्दै

नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज चौथो खेल बरोडासँग खेल्दै छ । खेल गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा दिउँसो १२:४५ बजेदेखि सुरु हुनेछ ।

आज तीनै खेल जितेर फाइनल पुगेको नेपाल र तीनै खेलमा पराजय भोगेर फाइनलबाटै बाहिरीसकेको बरोडाबीच लिग चरणको अन्तिम खेल हुँदैछ । नेपालले पहिलो खेल गुजरातसँग खेलेको थियो । गुजरातलाई पहिलो खेलमा पराजित गर्दै विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा बरोडालाई र तेस्रोमा पुनः गुजरातलाई हराउँदै ६ अंक सहित फाइनल पुगेको थियो । 

गुजरात र बरोडाबीचको दुवै खेलमा गुजरातले बरोडालाई हराएर फाइनल पुगेको छ ।  त्यसैले आजको खेलको नतिजाले कुनै फरक पर्ने देखिँदैन । डबल राउन्ड रोबिनको आधारमा भएको खेलको फाइनल भने आइतबार हुनेछ। 

नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेलेको हो । सिरिज सकेर नेपाल त्यहिँबाटै ओमानतर्फ जानेछ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द ।

बरोडाको टोली : विष्णु सोलांकी (कप्तान), ज्योत्सनिल सिंह, शस्वात रावत, प्रियांशु मोलिया, भानु पनिया, हेमन्त पौण्डे, सोयबी सोपारिया, अभिमन्युसिंह राजपुत, ध्रुव पटेल, जय अभाले, अमित पासी, मोहित मोंगिया, पिरिक्षित पाटीदार, लक्षित तोक्सिया र बाबासाफिखान पठान । 





  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार ९:५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया