कमल थापा प्रहरी नियन्त्रणमा

काठमाडौं– हिन्दू राज्य र राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा भएको प्रदर्शनबाट प्रहरीले अध्यक्ष कमल थापासहित केही नेतालाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले थापासहित नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलगायत नेतालाई पुतलीसडकबाट नियन्त्रणमा लिएको हो । रत्नपार्कबाट सुरु भएको र्याली पुतलीसडक हुँदै पद्मोदय मोडमा पुगेपछि प्रहरीले धरपकड गरेको थियो । 

यसअघि सरकारलाई बुझाएको २२ बुँदे माग पूरा गर्न दबाब दिन प्रदर्शनी गरिएको राप्रपाले जनाएको छ ।





  • प्रकाशित मिति : चैत २५, २०७५ साेमबार १५:५३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया