सामाजिक सञ्जाल नियन्त्रण गर्न कानुन बनाउँदै छ बेलायत

लन्डन– सामाजिक सञ्जाललाई लगाम लगाउने उद्देश्यले बेलायतमा छिटै कानुन बन्ने भएको छ । सोमबार बेलायती संसदमा यस विषयमा विधेयक पेश गरिएको छ ।

बेलायतका संस्कृति तथा सञ्चार मन्त्री जेरेमी राइटले सञ्चारमाध्यमलाई जानकारी दिँदै भने ‘सामाजिक सञ्जालको विषयमा संसदमा आज एक प्रस्ताव राखेका छौं, यो कानुनले सामाजिक सञ्जालका कम्पनीलाई आफ्ना प्रयोगकर्तालाई सुरक्षित राख्न बाध्य गराउँछ । यो प्रस्ताव विश्वभरमै सामाजिक सञ्जाललाई नियन्त्रण गर्न बनेका अन्य नियमभन्दा उत्कृष्ट छ ।’ 

यो विधेयकले सामाजिक सञ्जाल कम्पनीका उच्च अधिकारीलाई जवाफदेही बनाउने र आपत्तिजनक सामाग्रीमा प्रतिबन्ध लगाउनेछ । 

विधेयकमा लेखिएको छ ‘कसैको प्रतिष्ठामा नोक्सान पुर्याउने, अफवाह फैलाउनेजस्ता गलत प्रकृतिका कन्टेन्टको पहिचान गरी तुरुन्त हटाउनुपर्ने छ र सामाजिक सञ्जालले यसको जिम्मेवारी लिनुपर्ने छ । जुन कम्पनीले उक्त नियमविपरित काम गर्छ, त्यसलाई दण्डात्मक कारबाही गरिनेछ ।’

सामाजिक सञ्जालले अभद्र भाषा बढाएको र यसको विरोध दिनप्रतिदिन बढ्दै गइरहेकाले यसलाई नियन्त्रण गर्न लागिएको बेलायती संसदले जनाएको छ । 

बेलायती मिडियाका अनुसार यो विधेयक आगामी महिनामा संसदबाट पारित हुन सक्छ । यदि उक्त विधेयक पारित भएमा सामाजिक सञ्जाल नियन्त्रणलाई कानुन बनाउने पहिलो देश हुनेछ बेलायत । 





  • प्रकाशित मिति : चैत २६, २०७५ मंगलबार १०:३६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया