त्रिविबाट ‘प्राइभेट’ एमए गर्ने सोचमा हुनुहुन्छ ? यो वर्ष अन्तिम मौका

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले  ‘प्राइभेट’ स्नातकोत्तर गर्न चाहने विद्यार्थीका लागि अन्तिमपटकका लागि परीक्षा दिन पाउने व्यवस्था गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह प्रथम वर्षका लागि परीक्षा फारामको लागि आवेदन खुला गरिसकेको छ। 

पनिकाले गत साता परीक्षा फारम खुलाएको हो । परीक्षा फारम भर्ने मिति वैशाख १६ गतेसम्मका लागि तोकिएको छ।

त्रिविले प्रयोगात्मक कक्षा लिन नपर्ने दुई विषयका लागि फारम खोलेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातकोत्तर तहमा राजनीति शास्त्र र जनप्रशासन (मास्टर्स अफ पब्लिक एड्मिनिस्टेरेसन) विषयमा मात्र प्राइभेटतर्फ परीक्षा दिन पाइनेछ । 

अन्य विषयमा ‘प्राक्टिकल’ गर्नुपर्ने भएकोले प्राइभेट परीक्षाको व्यवस्था गराउन नसकिएको जोशीले बताए । आगामी शैक्षिक सत्रदेखि विद्यार्थीले प्राइभेटतर्फ फारम भरेर परीक्षा दिन पाउने छैनन् । जोशीका अनुसार प्राइभेट परीक्षा फारम भर्ने यो अन्तिम मौका हो । 

त्रिविले अहिले स्नातकोत्तर तहमा अधिकांश विषयमा सेमेस्टर प्रणाली लागू गरिसकेको छ । सेमेस्टर प्रणालीमा विद्यार्थीहरू नियमित क्याम्पस हाजिर हुनुपर्छ । 

नियमित काममा रहेका, तर डिग्री लिन चाहने विद्यार्थीका लागि प्राइभेट परीक्षा दिन पाउने व्यवस्थाले सहज बनाएको थियो । अबका वर्षमा विद्यार्थीले सो सुविधा नपाउने भएका छन् ।





  • प्रकाशित मिति : चैत २६, २०७५ मंगलबार १४:५१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया