एनसेलको लाभांश वितरण तथा सेयर बिक्री अनुमति रोक्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले तीन महिनाभित्रमा एनसेलबाट लाभकर असुल–उपर गराउन आदेश दिएको छ । आदेशमा सो कम्पनीले करको दायित्व निर्वाह नगरेसम्म लाभांश वितरण तथा सेयर बिक्री अनुमति रोक्न भनिएको छ । 

गत माघ २३ को फैसलाको पूर्णपाठ सर्वोच्चले मंगलबार महान्यायाधिवक्ता कार्यालयमार्फत सम्बन्धित निकायमा पठाइएको छ । पूर्ण पाठमा लाभ कर बुझाउने दायित्व टेलिया सोनेर स्विडेनको नभई एनसेलको नै भएको प्रस्ट्याएको छ ।

सर्वोच्चको फैसलामा एनसेलले २०७३ वैशाख २६ र २०७४ जेठ २१ मा पुँजीगत लाभकरबापत अग्रीम रूपमा २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय र विलम्ब शुल्कबापत २ अर्ब २ करोड ६२ लाख बुझाइसकेको देखिएको उल्लेख छ । सो रकमसमेतलाई दृष्टिगत गरी कर निर्धारण गरी असुल–उपर गर्न परमादेश जारी गरेको छ ।

‘यो आदेश प्राप्त भएको मितिले तीन महिनाभित्र कानुनबमोजिम आवश्यक निर्णय गर्नु, गराउनू,’ आदेशमा भनिएको छ, ‘साथै करको दायित्व निर्वाह नगरेसम्म कसैलाई पनि लाभांश वितरण र सेयर बिक्रीको अनुमति नदिनू,नदिलाउनू भनी विपक्षीहरूका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ ।’

 

पूर्णपाठ:





  • प्रकाशित मिति : चैत २६, २०७५ मंगलबार १७:५४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया