ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगितामा मलेसियाविरुद्ध नेपाललाई पहिलो सफलता दीपेन्द्र सिंह ऐरीले दिलाएका छन् । उनले ५.१ ओभरमा मोहम्मद आमिरलाई १६ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।
दीपेन्द्रले आफ्नो दोस्रो ओभरमा विकेट लिए । उनले पहिलो ओभरमा २ रन मात्र खर्चिएका थिए । दीपेन्द्रले २ आभरमा महत्वपूर्ण एक विकेट लिएर तीन रन मात्र खर्चिएका छन् ।
नेपालले मसियाविरुद्ध टस हारेर बलिङको पाएको हो । हालसम्म नेपाल र मलेसियाले ९ टी–२० आई खेलमा एकअर्काको सामना गरेका छन्, जसमध्ये नेपालले ८ तथा मलेसियाले एक खेल जितेको रेकर्ड छ ।
आइसिसी टी–२० वरियताको कुरा गर्दा हाल नेपाल १७औँ र मलेसिया २५औँ स्थानमा छ । प्रिमियर कपअन्तर्गत आजै भएको पहिलो खेलमा ओमानले बहराइनलाई तीन रन तथा दोस्रो खेलमा यूएईले कुवेतलाई सात विकेटले हरायो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।