logo-img

दीपेन्द्रको उत्कृष्ट फिल्डिङमा हङकङविरुद्ध नेपाललाई दोस्रो सफलता
फाइल तस्बिर

ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगिताअन्तर्गत हङकङसँगको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपाललाई दोस्रो सफलता रनआउटको रूपमा मिलेको हो । 

हङकङको दोस्रो विकेट लिनेक्रममा गुलशनकुमार झाको ओभरमा दीपेन्द्र सिंह ऐरीले कप्तान निजाकत खानलाई १२ रनमा रनआउट गरे । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिलाए । 

उनले तेस्रो ओभरको पहिलो बलमा मार्टिन कोएत्जीलाई ८ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । पानी पर्दा टस हुन ढिलाइ भएको नेपाल र हङकङबीचको खेल १८ ओभरमा झारिएको छ । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरिएको छ ।

नेपालले विवेककुमार यादवको स्थानमा करण केसीलाई मौका दिएको हो । जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । नेपालले पहिलोमा मलेसियालाई ५ विकेट तथा दोस्रो म्याचमा कतारलाई ३२ रनले हरायो । नेपाल हङकङविरुद्ध पनि सहज जित निकाल्दै एक खेलअगावै सेमिफाइनलमा पुग्न चाहन्छ ।

हङकङले दुई खेल खेल्दा एकमा जित र एक खेलमा पराजय बेहोरेको छ । उसले पहिलोमा कतारलाई २६ रनले हराउँदा दोस्रो खेलमा साउदी अरेबियाविरुद्ध ५५ रनले पराजय बेहोरेको थियो ।    

हेड टु हेड हेर्दा हालसम्म नेपाल र हङकङले ११ टी–२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले ६ तथा हङकङले ४ खेलमा जित निकालेको विगत छ । यी दुई टिमबीचको एक खेल भने रद्द भएको छ ।  



नेपालको प्लेइङ–११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अविनाश बोहरा र ललितनारायण राजवंशी ।  



  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार १३:२०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया