हिन्दुस्तान टाइम्सको रिपोर्ट : चीनको भन्दा दोब्बर रफ्तारले बढ्दै छ भारतको जनसंख्या

नयाँदिल्ली– हिन्दुस्तान टाइम्सको एक रिपोर्टले भारतको जनसंख्या चीनको भन्दा दोब्बरभन्दा माथिकाे गतिले बढिरहेको देखाएको छ । 

रिपोर्टअनुसार, सन् २०१० देखि २०१९ सम्म भारतको जनसंख्या वार्षिक १.२ प्रतिशतका दरले बढ्यो, जब कि सो अवधिमा चीनको जनसंख्या वृद्धिदर ०.५ प्रतिशत मात्र रह्यो ।

हिन्दुस्तान टाइम्सले संयुक्त राष्ट्रसंघको रिपोर्टलाई उद्धृत गर्दै यो अवधिका विश्वको जनसंख्या वृद्धिदर १.१ प्रतिशत रहेको उल्लेख गरेको छ । अफ्रिकाजस्ता कम विकसित मुलकको जनसंख्या वार्षिक २.७ प्रतिशतको रफ्तारमा बढिरहेको छ । 

१०१९ मा विश्वको जनसंख्या ७ अर्ब ७० करोड पुगेको छ, जुन २०१८ मा ७ अर्ब ६० करोड थियो । 

चीनको जनसंख्या १ अर्ब ४२ करोड छ । भारतको जनसंख्या १ अर्ब ३६ करोड पुगेको छ । औसत उमेरको मामलामा भारत चीनभन्दा पछाडि छ । भारतको औसत उमेर ६९ वर्ष पुग्दा चीनको औसत उमेर ७७ वर्ष छ । विश्वको औसत उमेर ७२ वर्ष छ । 





  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार १३:४१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया