जापान– मंगलबार प्रशान्त महासागरमा खसेको जापानको लडाकु विमान एफ–३५ को अवशेष भेटिएको छ । जापानको वायु सेनाका प्रवक्ताले यसको पुष्टि गरेका छन् ।
जापानको एएसडिएफ (एयर सेल्फ डिफेन्स फोर्स) का प्रवक्ताका अनुसार दुर्घटनाग्रस्त विमानका पाइलटको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी छैन । उनको खाजी कार्य भइरहेको छ ।
यो विमान एक वर्षभन्दा पनि कम पुरानो थियो । गएको वर्ष मेमा एएसडिएफले यो विमान लिएको थियो ।
एफ–३५ विमान जापानको पहिलो स्क्वाड्रन अझै पनि सक्रिय छ । यो विमान जापानको मिसावा एयर बेसमा तैनाथ छ ।
जापान सरकार छिमेकी देश चीनको बढ्दो सैन्य तागत देखेर ८७ विमान किन्ने योजना बनाइरहेको छ । यो विमानको निर्माण अमेरिकी कम्पनी लकहिड मार्टिनले गर्छ ।
एफ–३५ अतिआधुनिक विमान हो । यसको उडान एक दशक अगाडिदेखि सुरु भएको थियो । यो दोस्रो विमान दुर्घटना हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।