गुन्द्रुकको मूल्य बढ्यो, आलुको स्थीर

काठमाडौं– एक वर्षमा तरकारीको मूल्य १८ प्रतिशतले बढेको छ । कालिमाटी फलफूत तथा तरकारी विकास बजारको खुद्रा मूल्यको तथ्याङ्कअनुसार औसत तरकारीको मूल्य बढेको हो । 

गत वर्षको आजकै दिन अर्थात् २७ चैतमा २७ प्रकारका तरकारीको प्रति केजी औसत मूल्य ७७ रुपैयाँ थियो । यो वर्ष ती तरकारीको मूल्य १८ प्रतिशतले बढेर ९० रुपैयाँ पुगेको छ । 

गत चैतको र यो चैतको तुलना गर्दा सबैभन्दा बढी मूल्य अदुवाको बढेको छ । गत चैतमा एक किलो अदुवा ६५ रुपैयाँमा बेचिएको थियो । यो वर्ष अदुवाको प्रति किलो मूल्य २ सय ४५ पुगेको छ । 

त्यस्तै, तामाको मूल्य पनि ५२ प्रतिशतले बढेर १ सय ४५ रुपैयाँ प्रति किलो पुगेको छ । गत चैतमा कालिमाटी बजारले एक केजी तामालाई ८५ रुपैयाँ मूल्य निर्धारण गरेको थियो ।

यो एक वर्षमा गुन्द्रुकको मूल्यमा पनि उल्लेख्य वृद्धि आएको छ । गत वर्ष १ सय ९० रुपैयाँमा बेचिने गुन्द्रुक यसपटक २ सय ९० रुपैयाँमा बेचिन थालेको छ । गोलभेँडा पनि गत वर्षको भन्दा ४५ रुपैयाँले वृद्धि भएर ६५ रुपैयाँमा बेचिन थालेको छ ।

तर, केही तरकारीको मूल्यमा चाहिँ ठूलो गिरावाट पनि आएको छ । यसरी मूल्य घटेका तरकारी च्याउ, ब्रोकाउली, रायोका साग, बन्दालगायत छन् । तर, मूल्यवृद्धिको तुलनामा मूल्य घटेका तरकारीहरु नगन्य छन् । 



यसबीच गत वर्ष चैत र अहिले आलु, मुला, प्याज, भन्टा, लौकालगायतका तरकारीको मूल्यमा कुनै अन्तर देखिएको छैन । 

कालिमाटीको तरकारी बजारमा तरकारीको मूल्य बढेको भए पनि नेपाल राष्ट्र बैंकले आफ्नो प्रकाशन ‘वर्तमान आर्थिक तथा वित्तिय स्थिती’मा चाहिँ तरकारीको मूल्य घटेको तथ्याङ्क राखेको छ । राष्ट्र बैंकले तरकारीमा मुद्रा स्फ्रिती ११ प्रतिशतले घटेको दाबी गरेको छ ।



 

घट्यो फलफूल

कालिमाटी बजारमा तरकारीको मूल्य बढेपनि फलफूलको मूल्य भने घटेको देखिएको छ । फलफूलमा गत वर्षको चैतको तुलनामा १२ प्रतिशतले मूल्यमा गिरावट आएको छ । 

यो अवधिमा सबैभन्दा बढी अनारको मूल्य घटेको छ । गत वर्ष २ सय ३५ रुपैयाँमा बेचिएको अनार अहिले १ सय ४५ रुपैयाँमा मात्र बेचिन थालेको छ । त्यस्तै नासपतीको मूल्य पनि ६० रुपैयाँ घटेर १ सय २५ रुपैयाँ निर्धारण भएको छ ।

  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार १८:१५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया