च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडमाथि बार्सिलोनाको जित, आत्मघाती गोल बन्यो निर्णायक

काठमाडौं– च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ ।

बुधबार रातिको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई उसकै भूमिमा १–० ले पन्छायो । खेलको सुरुमै म्यानचेस्टरका लुक शाले आत्मघाती गोल गरेपछि बार्सिलोनालाई गोलै नहानी जित मिल्यो । १२औं मिनेटमा बललाई बचाउन खोज्दा डिफेन्डर शा आफ्नै पोस्टमा गोल गर्न पुगे ।

सुरुमै आत्मघाती गोलबाट पछि परेको म्यानचेस्टर खेल अवधिभर दबाबमा पर्यो । अधिकतर समय बल पोजिसन आफ्नो पकडमा राखे पनि बार्सिलोनाले थप गोल गर्न भने सकेन ।





  • प्रकाशित मिति : चैत २८, २०७५ बिहीबार ८:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया