जेफ बेजोसलाई एलन मस्कले किन भने ‘कपी क्याट’ ?

वासिंग्टन– स्पेसएक्सका फाउन्डर एवं टेस्लाका सिइओ एलन मस्कले ब्लु ओरिजनका फाउन्डर जेफ बेजोसलाई ‘कपी क्याट’ भनेका छन् । 

अमेजनको इन्टरनेट स्याटलाइट लन्च गर्ने योजनामाथि टिप्पणी मस्कले यस्तो भनेका हुन् । मस्कले एक ट्विटको जवाफ दिँदै ट्विटरमा कपी लेखेर बिरालोको इमोजी पोस्ट गरेका छन् । 

अमेजनको ३,२३६ स्याटलाइट लन्च गर्ने योजना 

अमेजनले विश्वका दुई करोड जनसंख्यालाई ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउन ३ हजार २३६ स्याटलाइट लन्च गर्ने योजनाका लागि काम गरिरहेको जानकारी दिएको थियो ।

मस्कको कम्पनी स्पेसएक्सले पनि २०१८ फेबु्रअरीमा स्याटलाइट लन्चको काम सुरु गरेको थियो । यही विषयमा मस्कले बेजाेसकाे टिप्पणी गरेका हुन् । 



मस्कको ट्विटर कमेन्टमा अहिलेसम्म बेजोसको प्रतिक्रिया आएको छैन् । बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको नेटवर्थ ११५ अर्ब डलर छ । विश्वका ५०० अरबपतिको लिस्टमा एलन मस्क ३६ औं नम्बरमा छन् । उनको नेटवर्थ २२.६ अर्ब डलर छ । 



  • प्रकाशित मिति : चैत २८, २०७५ बिहीबार १०:२२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया