फिलिपिन्सकाे लुजाेन द्वीपमा प्राचीन मानवको अर्को प्रजाति भेटियो
लुजाेन द्धीप

प्राचीन मानव प्रजातिको सूचीमा अर्को एउटा नाम थपिएको छ । जसको अवशेष हालै फिलिपिन्सको एक गुफाभित्र भेटिएको छ । 

लोप भइसकेको यो नयाँ प्रजातिको अवशेष फिलिपिन्सको सबैभन्दा ठूलो द्वीप लुजोनमा भेटिएको हो । यसको नाम होमो लुजोनेसिस राखिएको छ । 

यो प्रजातिमा भएको केही भौतिक विशेषता प्राचीन मानव प्रजाति र अहिलेका मानिसहरुमा मिल्छ । 

यी प्रजातिका मानिसहरु प्राचीन अफ्रिकाका हुन सक्ने अनुमान गरिएको छ । अफ्रिकाबाट दक्षिण पूर्व एशियामा आएर बसेको हुन सक्ने बताइएको छ । 

यिनीमध्येकै सानो कद भएका एक जाति ‘हबिट’, ‘होमो फ्लोरेसिन्सिस’ इन्डोनेशियाको फ्लोर्स द्वीपमा करिब ५० हजार वर्षसम्म थिए । 



लन्डनको नेचुरल हिस्ट्री म्युजियमका प्रोफेसर क्रिस स्ट्रिंगरका अनुसार २००४ मा ‘होमो फ्लोरेसिन्सिस’ को बारेमा जानकारी प्रकाशित गरिएको थियो । उक्त समयमा फ्लोर्स द्धीपसँग अन्य द्वीपमा पनि मानव प्रजाति खोज्न आवश्यक थियो । 

उनी भन्छन् ‘मेरो अनुमान सही थियो । त्यहाँबाट करिब ३ हजार किलोमिटर दुरीमा रहेको लुजोन द्वीपमा नयाँ प्रजाति भेटियो ।’



नेचर पत्रिकाका अनुसार होमो लुजोनेसिसको अवशेष लुजोनको उत्तरतर्फ रहेको कैलाओ गुफामा भेटिएको हो । यो करिब ६७ हजारदेखि ५० हजारसम्म पुरानो भएको बताइएको छ ।  

लुजाेन द्वीप चारैतिरबाट पानीले घेरिएकाे छ, यस्ताे ठाउँमा ती मानिसहरु कसरी पुगे भन्ने प्रश्न याे खाेजले उब्जाएकाे छ । 

गुफामा भेटिएको अवशेषमा मानिसको शरीरको तीन भाग छन्, जसमा दाँत, हात र खुट्टाको हड्डी । यी अवशेष चार जना मानिसको हो, जसमा एक युवाको अवशेष छ । 

होमो लुजोनेसिस अस्ट्रलोपिथेसिनजस्तै सिधा उभिएर हिँड्न सक्ने, अफ्रिकामा पाइएको बाँदरसँग मिल्दोजुल्दो मानव प्रजातिसँग मिल्छ । यस्ता प्रजाति २० देखि ४० लाख वर्षअगाडि अफ्रिकामा बस्थे । यिनीहरुको हात र खुट्टाका औंला भित्र मोडिएका हुन्थे । 

  • प्रकाशित मिति : चैत २८, २०७५ बिहीबार ११:३२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया