ब्रेक्जिटका लागि बेलायतले पायो थप ७ महिना

लन्डन– इयुबाट बेलायत बाहिरिने (ब्रेक्जिट) मिति ३१ अक्टोबरलाई सार्न बेलायत र युरोपियन युनियन सहमत भएका छन् ।

ब्रसेल्समा पाँच घन्टासम्म चलेको इयु बैठकपछि ब्रेक्जिट मिति सार्ने सहमति भएको जानकारी दिँदै युरोपियन काउन्सिलका प्रेसिडेन्ट डोनल्ड टस्कले ‘बेलायती मित्रहरु’लाई ‘यो समयचाहिँ खेर नफाल्न’ आग्रह गरे । 

यता, बेलायती प्रधानमन्त्री थेरेसा मेले बेलायत अझै जतिसक्दो छिटो इयुबाट बाहिरिने प्रयासमा रहने बताएकी छिन् ।

बेलायतले मेमा हुने इयुको निर्वाचनमा सहभागी हुन चाहेको छैन । त्यसका लागि भने उसले १ जुनमै विनासम्झौता इयु छोड्नुपर्ने हुन्छ । 

इयुबाट बाहिरिने दुईवर्षे प्रक्रियाअनुसार २९ मार्चमै बेलायतले इयु छाड्नुपर्ने थियो । तर, बेलायतको संसद्ले प्रधानमन्त्री मेको ब्रेक्जिट सम्झौता पारित नगरिदिएपछि बेलायत अलमलमा परेको थियो । विनासम्झौता इयुबाट बाहिरिनु बेलायतका लागि लाभदायक हुनेछैन । 

यसअघि प्रधानमन्त्री मेले आफूले ३० जुनसम्मका लागि ब्रेक्जिटको मिति सार्न पहल गरेको बताएकी थिइन् । 





  • प्रकाशित मिति : चैत २८, २०७५ बिहीबार ११:३७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया