मेडिकल कलेजको शुल्कबारे संसदीय उपसमितिले थाल्याे छानबिन, १५ दिनभित्र उजुरी दिन आह्वान

काठमाडौं– मेडिकल कलेजको शुल्क विवादबारे छानबिन गर्न बनेको संसदीय उपसमितिले काम थालेको छ । स्वास्थ्य समितिअन्तर्गत सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिले छानबिन सुरु गरेको हो ।

बिहीबार सार्वजनिक सूचना निकालेर उपसमितिले सम्बन्धित मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा अन्य सरोकारवालालाई कलेजले मर्का पर्ने गरी कुनै क्रियालकलाप गरेको भए वा कलेजले लिइरहेको शुल्कलगायतका विषयमा कुनै गुनासो वा उजुरी भए १५ दिन भित्र पठाउन भनेको छ । 

उपसमितिले छानबिनका लागि शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय र सम्बन्धन पाएका मेडिकल कलेजबाट विवरण र आवश्यक कागजात मगाएको छ ।

सरकारले एमबिबिएस अध्यययन गर्न उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार, बिडिएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क तोकेकोमा केही निजी मेडिकल कलेजले विद्यार्थीसँग ६० लाखसम्म शुल्क लिएको भन्दै विवाद सुरु भएकाे थियाे । गण्डकी मेडिकल कलेजबाट सुरु भएको विद्यार्थी आन्दोलनले देशव्यापी बहस निम्त्याएपछि संघीय संसद्को स्वास्थ्य समितिले छानबिनका लागि उपसमिति बनाएको हो । 





  • प्रकाशित मिति : चैत २८, २०७५ बिहीबार १२:४८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया