पाँचै विकास क्षेत्रका क्षेत्रीय प्रशासन कार्यालय खारेज

काठमाडौं– संघीय प्रणली लागू भएर विभिन्न सरकार गठन भएसँगै केन्द्र सरकारले पहिलेको पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमार्फत केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गर्ने निर्णय गरेको जानकारी गराए । सरकारको निर्णयसँगै धनकुटा, हेटौँडा, पोखरा, सुर्खेत र दिपायलमा रहेका क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार सो निर्णयपछि ती कार्यालयमा रहेका सबै सम्पत्ति स्वतः सम्बन्धित प्रदेशको मुख्यमन्त्री कार्यालयमातहत जाने बताए ।





  • प्रकाशित मिति : चैत २८, २०७५ बिहीबार १४:४६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया