विप्लवमाथिको प्रतिबन्ध हटाउन अस्ट्रेलियाको माले पार्टीको आग्रह

काठमाडौं– नेपाल सरकारलाई अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)ले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको छ ।

सो पार्टीका अध्यक्ष निक जीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको पत्रमा नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्दै कानुनी मान्यता दिन र पक्राउ परेका कार्यकर्ता रिहा गर्नसमेत आग्रह गरिएको छ ।

नेपाली मार्क्सवादी र लेनिनवादीले सुरु गरेको जनयुद्धले देशलाई भ्रष्टाचारबाट मुक्त गर्ने लक्ष्य राखेको उल्लेख गर्दै अध्यक्ष निकले प्रश्न गरेका छन्, ‘कम्युनिस्ट सरकारले अधिनायकवादी र विस्तारवादीविरुद्ध लडिरहेकाहरुलाई प्रतिबन्ध लगाउन सक्छ ?’

नेपालको प्रजातान्त्रिक अधिकार सुदृढ गर्न र इमानदारीका साथ सो पार्टीसँग अर्थपूर्ण वार्ता गर्न र मालेले नेपाल सरकारलाई आग्रह गरेको छ ।  

कम्युनिस्ट पार्टी अफ अस्ट्रेलिया (माले) सन् १९६४ मा कम्युनिस्ट पार्टी अफ अस्ट्रेलियाबाट विभाजन भएको पार्टी हो ।





  • प्रकाशित मिति : चैत २८, २०७५ बिहीबार १६:३१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया