जानीराखाै‌ं ब्ल्याकहोलसम्बन्धी यी तथ्य

अन्तरिक्ष वैज्ञानिकहरुले पहिलोपटक ब्ल्याकहोलको तस्वीर सार्वजनिक गरेका छन् । जसलाई अन्तरिक्षको सबैभन्दा ठूलो ब्ल्याकहोल मानिएको छ र यसको नाम मोनस्टर राखिएको छ । यो तस्वीरले करिब सय वर्षअगाडि वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले गरेको अनुमान सही भएको प्रमाणित गर्छ ।

यो ब्ल्याकहोल मेसिअर–८७ (एम–८७) नामक आकाशगंगामा स्थित छ र पृथ्वीबाट ५५ करोड प्रकाशवर्षको दुरीमा छ । यो भन्दा पहिला लिइएको तस्वीर ब्ल्याकहोल भएको अनुमान मात्रै लगाउन सक्ने थियो र कुनै स्पष्ट तस्वीर थिएन् । 

ब्ल्याकहोलको यो तस्वीर कसरी खिचिइयो ? 

इभेन्ट होरिजन टेलिस्कोप (इएचटी) बाट ब्ल्याकहोलको पहिलो तस्वीर खिच्न सम्भव भयो । यो आठ टेलिस्कोपको एक नेटवर्क हो । इएचटीले विश्वभर फैलिएको टेलिस्कोपको नेटवर्क प्रयोग गर्छ । यो पृथ्वी आकारको एक विशालकाय भर्चुअल टेलिस्कोप हो, जसको सेन्सिटिभिटी र रिजोलुसन बेजोड हुन्छ । 

ब्ल्याकहोल कति ठूलो छ ? 

एम–८७ ग्यालेक्सी सुर्यभन्दा ७०० करोड गुणा ठूलो छ । ब्ल्याकहाेल ग्यालेक्सीमा करिब ४ हजार करोड क्षेत्रमा फैलिएको छ र पृथ्वीभन्दा ३० लाख गुणा ठूलो छ ।यसको चौडाइ करिब दस हजार करोड किलोमिटर छ । ब्ल्याकहोलको चौडाइ सुर्यबाट वरुणसम्म रहेको दुरीको लगभग २२ गुणा छ । यसबाट भन्न सकिन्छ कि ब्ल्याकहोलले हाम्रो साैर्य परिवारलाई सजिलै निल्न सक्छ । 



तौलमा पनि सुर्यभन्दा ६५० करोड बढी गह्रौं छ । यो अन्तरिक्षमा रहेको सबैभन्दा ठूलो ब्ल्याक हो । 

वास्तवमा ब्ल्याकहोलको यो तस्वीर एक किसिमको सिलुएट अर्थात छायाचित्र भन्न सकिन्छ । यसको आसपास चम्किला पदार्थ घुमिरहेका हुन्छन्, जसको कारण ब्ल्याकहोलको अँध्यारो भाग देख्न सकिन्छ र यसको आकृति थाहा पाउन सकिन्छ । 



ब्ल्याकहोलको एक भाग किन धेरै चम्किन्छ ? 

ब्ल्याकहोल र यसको आसपासको पिन्ड निरन्तर गतिमा हुन्छ । यसकारण जब जुन भागको प्रकाश पृथ्वीतिर आउँछ त्यो चम्किलो देखिन्छ र जहाँबाट प्रकाशको किरण अर्को दिशामा पर्छ त्यो भाग अँध्यारो हुन्छ । 

ब्रह्मान्डका करोडौं ताराको जति प्रकाश हुन्छ, त्याेभन्दा धेरै प्रकाश ब्ल्याकहोलकाे छ । यसकारण धेरै टाढाबाट पनि यसको फोटो खिच्न सम्भव भयो । 

ब्ल्याकहोलभित्र गुरुत्वाकर्षण शक्ति एकदम धेरै हुन्छ । यसभित्र गएको कुनैपनि वस्तु बाहिर निस्किन सक्दैन। 

  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार ९:०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया