यू–१९ क्रिकेट : सिंगापुरलाई नेपालले दियो २८३ रनको टार्गेट

काठमाडौं– आइसिसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा यतिबेला नेपाल र सिंगापुर भिड्दै छन् । पहिले ब्याटिङ गरेको नेपालले सिंगापुरलाई २८३ रनको विशाल लक्ष्य दिएको छ । 

४६ ओभरमा अलआउट भएको नेपालले कप्तान रोहित पौडेलको ९५ रनको सहयोगमा २८२ रन बनायो । ४६औं ओभरमा नेपालले ३ विकेट गुमाएको थियो ।

५ रनले शतक बनाउन चुकेका कप्तान रोहितकुमार पौडेलले १०५ बल खेल्दै ७ चौका र ६ छक्का हिर्काए । 

पौडेललाई पवन सर्राफ, भीम सार्की, रासिद खान र कमलसिंह ऐरीले बलियो साथ दिए । रसिद खान ४७ बलमा ४८ रन बटुले । नवौँ नम्बरमा ब्याटिङ गर्न आएका ऐरीले १८ बलमा ३१ रन हिर्काए ।

सिंगापुरका लागि अथर्व गुनेले सर्वाधिक ४ विकेट लिए । राउल शर्माले २, विनित मेहताले २ र प्रमेश सांघवीले समान १ विकेट लिए । रसिद खान रनआउट भएका थिए । 





  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार ११:५७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया