यू–१९ विश्वकप छनोटमा नेपालको शानदार सुरुवात

काठमाडौं– कप्तान रोहित कुमार पौडेलको शानदार ब्याटिङसँगै यू–१९ विश्वकप क्रिकेट एसिया क्षेत्र छनोटमा नेपालले सिङ्गापुरलाई २ सय १७ रनले पराजित गरेको छ । खेलमा पौडेलले ९५ रन जोडे । 

मलेसियामा सुरु भएको छनोट प्रतियोगितामा नेपालले सिंगापुरलाई २८७ रनको लक्ष्य दिएको थियो । तर, नेपाली बलरसामु सिंगापुरले ३१ ओभरभन्दा बढी टिक्न सकेन । ३१ ओभरमा पनि उसले ६५ रन मात्र जोड्न सक्यो ।

सिंगापुरका लागि इशान सावनले सर्वाधिक २८ र साइ गोपालले १८ रन जोडे । अरु खेलाडीले दोहोरो अंकको योगफलसमेत तयार पार्न सकेनन् । यसका लागि नेपाली खेलाडीहरुले खेलमा १२ ओभर मेडन फालेका थिए । 

नेपालका पवन सर्राफले ६ ओभर बलिङ गर्दा ५ ओभर मेडन बलिङ गरे । उनले ५ रन खर्चिए र ३ विकेट लिए । त्यस्तै, कुशल मल्ल, सूर्य तामाङ र रसिद खानले सिंगापुरका क्रमशः दुई, दुई र एक विकेट लिए ।

उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालको ब्याटिङ पनि राम्रो चलेको थियो । नेपालले ४६ ओभर खेल्दै सबै विकेट गुमाएर २८२ रन बनाएको थियो । रोहितले १ सय पाँच बल खेल्दा ७ चौका र एक छक्काको मद्दतमा ९५ रनको योगफल तयार पारेका हुन् । 

खेलमा रासिद खानले ४८, कमल सिंह ऐरीले ३१, कुशल मल्लले १०, आसिफ शेखले ८ रन जोडे । सिंगापुरका अथर्भा गुनले चार विकेट लिएका थिए ।





  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार १४:४०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया