साउदीपछि रुसले पनि गर्यो मोदीलाई सम्मान

एजेन्सी– रुसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो देशको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ सेन्ट एन्ड्र्यु द एपोस्टल’बाट सम्मानित गरेको छ । दुई देशबीचको सम्बन्ध अत्यन्त राम्रो बनाएको भन्दै मोदीलाई यो सम्मान रुसले दिएको हो । 

रुसका राष्ट्रपतिको आधिकारिक ट्विटर ह्यान्डलबाट यो जानकारी दिइएको हो । यो सम्मान रुसमा उल्लेखनीय काम गरेका रुसी नागरिक तथा विदेशी प्रमुख नेताहरुलाई दिइन्छ । यसलाई १७ औं शताब्दिको अन्त्यमा जार पिटर प्रथमले सुरु गरेका थिए ।

सन् १९१७ मा रुसी क्रान्तिपछि यो सम्मान दिन छोडिएको थियो । अन्तिम पटकमा यो सम्मान एक हजार रुसी नागरिकलाई दिइएको थियो । 

सन् १९९८ मा रुसी राष्ट्रपति बोरिस येल्तसिनले यसलाई फेरि सुरु गरे । यो पुरस्कारबाट चिनियाँ राष्ट्रपति सी जिनपिङलगायत सम्मानित भइसकेका छन् ।

यसअघि यही महिना मोदीलाई संयुक्त अरब इमिरेट्सले पनि उसको देशको सर्वोच्च नागरिक सम्मान दिएको थियो । मोदीलाई अफगानिस्तान, प्यालेस्टाइनलगायतका देशले पनि सर्वोच्च नागरिक सम्मान दिएका छन् ।





  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार १८:५६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया