दाँत चम्काउने घरेलु उपाय

एजेन्सी– पहेँलो दाँतका कारण कतिपय मानिस खुलेर हाँस्नसमेत हिच्किचाउँछन् । दाँतलाई पहेँलो बनाउने कैयौँ कारण हुन्छन् । बढी चिया, कफी, तमाखु र चुरोट सेवन गर्नेहरुकाे दाँत पहेँलाे हुन्छ । तर यस्ताे समस्या हुनेले घरमै दाँत सेताे बनाउन पनि सक्छन् । त्यसका लागि यी उपाय अपनाउन सकिन्छ ।

कागती
दाँतको पहेँलोपनबाट छुटकारा पाउन कागती प्रमुख अस्त्र हो । त्यसका लागि कागतीको रसमा नुन मिसाएर दाँतमा लगाउन सकिन्छ । र, केही समयपछि कुल्ला गर्न सकिन्छ । दुई हप्तासम्म लगातार यसो गर्दा दाँतको पहेँलोपन सफा भएर जाने गर्छ ।

खाने सोडा
खाने सोडा (बेकिङ सोडा)को प्रयोग दाँत सफा गर्ने सबैभन्दा सजिलो विकल्पमध्ये एक हो । बेकिङ सोडाले दाँतमा भएको फोहोर निकाल्ने गर्छ । जसले गर्दा पहेँलोपन हटेर दाँत सेतो हुन्छ । यसका लागि टुथपेस्टमा बेकिङ सोडाको मिश्रण गराएर ब्रस गर्न सकिन्छ । यसमा कागती मिश्रण गरेर पनि मुख कुल्ला गर्न सकिन्छ । बेकिङ सोडालाई पानीमा घोलेर तयार पारेको मिश्रणले हप्ताको दुई दिन दाँत रगड्नुपर्छ, दाँत सफा हुन्छन् ।

नरिवलको तेल
नरिवलको तेल धेरै कुरामा फाइदाजनक छ । यो कपाल र अनुहारका साथसाथै स्वास्थ्यका लागि पनि निकै उपयोगी छ । त्यति मात्र नभएर, यसको प्रयोगले आफ्नो पहेँलो दाँतलाई चम्काउन पनि सक्नुहुन्छ । त्यसका लागि एक चम्चा नरिवलको तेल लिएर त्यसलाई आफ्नो दाँतमा लगाउन सक्नुहुन्छ । साथै, टुथब्रसमा केही थोपा नरिवलको तेल राखेर केही मिनेटसम्म दाँत ब्रस गरी कुल्ला गरेमा दाँत चम्किन्छन् ।





  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार २२:४९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया