वर्षाको न्यु इयर रिजोलुसन– बरु थोरै सिनेमा गर्छु, राम्रो गर्छु

काठमाडौं– नयाँ वर्ष २०७६ सुरु हुन एक दिन मात्र बाँकी छ । नयाँ वर्षको पूर्वसन्ध्यामा धेरैजसो मानिस बितेको वर्षको समीक्षा गर्छन्, भएका उपलब्धिपूर्ण कामलाई निरन्तरता दिन्छन् र कमजोर पक्षलाई छोडेर नयाँ ढंगले अघि बढ्ने संकल्प गर्छन् । 

तर, सबैको ‘न्यु इयर रिजोलुसन’ हुन्छ नै भन्ने छैन । कसैलाई ‘राम्रो काम गर्न वा नराम्रा बानी हटाउन किन न्यु इयर नै कुर्नुपर्यो ?’ भन्ने लाग्छ । कसैलाई भने नयाँ वर्ष केही राम्रो गर्ने अवसर हो जस्तो लाग्छ । हरेक साल कुनै न कुनै संकल्प लिएर अघि बढ्ने ‘न्यु इयर रिजोलुसन’ हुन्छ । 

यस्तै, नयाँ वर्षलाई अवसरका रुपमा लिएर आफ्ना कमीकमजोरी सुधार्दै अघि बढ्ने संकल्प गर्नेमध्येकी एक हुन्, अभिनेत्री वर्षा शिवाकोटी । 

यसपटक वर्षाले नयाँ वर्षमा आफूलाई अझ पोख्त बनाउने संकल्प गरेकी छिन् । केही आनिबानी बदलेर करिअरलाई अलि भिन्नै ढंगले अघि बढाउने उनको सोच छ ।

२०७५ साल आफ्नो लागि पहिलेका वर्षहरुजति फलदायी हुन नसकेको उनको समीक्षा छ । त्यसैले, ७६ सालमा नयाँ सोचका साथ अघि बढ्ने उनी सोच्दै छिन् । 

‘मेरा तीनवटा फिल्म रिलिज भए, तर कुनै पनि सोचेजस्तो चल्न सकेनन् । यसबाहेक, अन्य धेरै कुरामा पनि सफल हुन सकिनँ,’ उनी भन्छिन्, ‘यो वर्षदेखि फिल्म खेल्दा स्क्रिप्टलाई विशेष ध्यानमा राखेर खेल्नेछु । बरु थोरै सिनेमा गर्छु, राम्रो गर्छु ।’ 



यो त करिअरको कुरा भयो । आउँदो सालदेखि उनलाई आफ्नो आनिबानीमा र मान्छेहरुलाई प्राथमिकता दिने विषयमा पनि परिवर्तन गर्न मन छ । भन्छिन्, ‘२०७६ मा सबैभन्दा धेरै माया र समय आफूलाई नै दिनेछु । अलि सेल्फ फोकस्ड हुन्छु अब ।’



  • प्रकाशित मिति : चैत ३०, २०७५ शनिबार १५:३०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया