‘विष्णु पौडेललाई क्षतिपूर्ति दिन’ नेवि संघ काभ्रेले उठायो जनही १ का दरले ६७३ रुपैयाँ

काभ्रे– नेपाल विद्यार्थी संघ काभ्रेले बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वअर्थमन्त्री नेकपा महासचिव विष्णु पौडेललाई क्षतिपूर्ति दिन भन्दै बनेपामा प्रतिव्यक्ति १ रुपैयाँ सहयोग संकलन गरेको छ । 

‘बालुवाटारको सरकारी जग्गा खरिद गर्दा ठगिएका पौडेललाई क्षतिपूर्ति दिन’ भन्दै नेवि संघ काभ्रेका अध्यक्ष नृपेश बादेको नेतृत्वमा विद्यार्थीहरुले बनेपा चारदोबाटोमा कालो ब्यानर राखी विरोधस्वरुप पैसा संकलन गरेका हुन् ।

एक–एक रुपैयाँका दरले ६७३ रुपैयाँ संकलन गरेको जानकारी दिँदै अध्यक्ष वादेले संकलित रकम नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताए । 

केही दिनअघि बालवाटारको सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा पास गरिएको काण्डमा नेकपा महासचिव विष्णु पौडेलसमेत मुछिएका थिए । उनको नाममा पनि सरकारी जग्गा पास भएको  खुलेको थियो ।



घटनाबारे विवादास्पद अभिव्यक्ति दिँदै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले महासचिव पौडेल निर्दोष रहेका र जग्गा खरिद गर्दा झुक्यानमा परेकाले उल्टै उनले क्षतिपूर्ति पाउनुपर्ने बताएका थिए । 


 



  • प्रकाशित मिति : चैत ३०, २०७५ शनिबार १७:४१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया