अष्ट्रेलियाली धनाढ्यसँग घुमफिर गरेको तलब ४० लाख !

एजेन्सी– अष्ट्रेलियाका धनाढ्य म्याथ्यु लेपरले आफ्नो सामाजिक सन्जालमा एउटा जागिरका लागि विज्ञापन गरेका छन् । २६ वर्षका यी धनाढ्यलाई चाहिएको छ, एकजना यस्ता सहयोगी जो हर समय उनीसँगै घुमघाममा निस्किउन् । र, त्यसका लागि उनले प्रस्ताव गरेको तलब हो– ५२ हजार अष्ट्रेलियन डलर अर्थात् करिब ४० लाख रुपैयाँ नेपाली । 

म्याथ्यु इकमर्स व्यवसायका मालिक हुन् । उनले अहिले चार कम्पनी चलाइरहेका छन् । प्रत्येक साता ८५ हजार अमेरिकी डलर अर्थात् १ करोड नेपाली रुपैयाँ कमाइरहेका यी धनाढ्यले विज्ञापनमा लेखेका छन्– विश्वकै सबैभन्दा ‘कुल’ जागिर ।

यतिमात्र होइन, म्याथ्युले आफ्ना सहयोगीको घुमफिर खर्च, खाना, बस्ने व्यवस्थाका साथै स्वास्थ्य विमा पनि गरिदिने जनाएका छन् । उनले यो विज्ञापन खुलाएपछि ४० हजारभन्दा धेरैले आवेदन दिएका छन् । यीमध्ये अधिकांश महिला छन् र कतिले त उनीसँग विवाहको प्रस्ताव पनि गरेका छन् । 

म्याथ्युले यसरी आवेदन दिनेहरु बेलायती, इटालियन, दक्षिण अमेरिकी तथा एशियाली युवतीहरु भएको जनाएका छन् । यो जागिरका लागि आवेदन दिनेले राम्रोसँग कम्प्युटर चलाउन जान्ने, सामाजिक सन्जालबारे राम्रो जानकारी राख्ने हुनुपर्ने म्याथ्युका सर्त पनि छन् ।





  • प्रकाशित मिति : बैशाख १, २०७६ आइतबार २०:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया