logo-img

विरोधकाबीच मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । उनले बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकबाट २८ मत पाए ।  

५३ सदस्यीय प्रदेशसभामा उपस्थित २८ सांसदमध्ये उनको पक्षमा २८ जनाकै मत पर्दा विपक्ष र तटस्थमा शून्य मत परेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।



बहुमतका लागि २७ मत आवश्यक पर्नेमा प्रतिपक्षले निर्वाचन प्रकृयामा भाग नलिए पनि नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई र स्वतन्त्र सांसद डा। तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । 

प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदको नाराबाजी र बहिष्कारका बीच सोडारीले विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए । 

कांग्रेस र नाउपा सांसदको नाराबाजीका बीच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबुल गर्न अनुमति दिएलगत्तै सभामुख भण्डारीले मत विभाजन प्रक्रिया सुरु गरेका थिए । त्यसपछि कांग्रेस र नाउपा रेशम पक्षका प्रदेश सांसद बैठकबाट बाहिरिएर मतदान प्रकृयामा सहभागी बनेनन् । 





  • प्रकाशित मिति : जेठ ३, २०८१ बिहीबार १३:२६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया