logo-img

जलवायु परिवर्तनविरुद्धको लडाइँलाई विश्वव्यापी एजेन्डा बनाउनु पर्छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तन सिङ्गो तटीय क्षेत्रको साझा समस्या हो भन्ने तथ्यलाई स्थापित गरेर यस विरुद्धको लडाइँलाई विश्वव्यापी एजेन्डाका रूपमा स्थापित गर्न नेपालसहित विश्वभरिका सञ्चारमाध्यमहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएकी छन् । 

बिहीबार ‘नेपाली सञ्चार माध्यममा वातावरणीय सङ्कटका विषयमा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले वातावरणीय सङ्कटको चुनौती विश्वव्यापी रूपमा बढ्दै गइरहेको अवस्थामा जलवायु परिवर्तनबारे उत्पन्न हुने सङ्कटको पहिलो मार नेपालले खेप्नु परेको बताएकी हुन् । 

उनले भनिन्, ‘वातावरणीय सङ्कटको पीडा नेपाल जस्तो गरिब देशले भोग्दै आएको छ । वातावरणीय सङ्कटको चुनौती विश्वव्यापी रूपमा बढ्दै गइरहेको अवस्थामा जलवायु परिवर्तनले उत्पन्न हुने सङ्कटको पहिलो मार नेपालले खेप्नु परेको छ । यो सिङ्गो तटीय क्षेत्रको साझा समस्या हो भन्ने तथ्यलाई स्थापित गरेर यस विरुद्धको लडाइँलाई विश्वव्यापी एजेन्डाका रूपमा स्थापित गर्न नेपालसहित विश्वभरिका सञ्चार माध्यमहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । हामीले जलवायु परिवर्तनको अझै बढी समस्या भोगिरहेको अवस्थामा हाम्रा सञ्चार माध्यमले अझै बढी भूमिका खेल्नुपर्दछ ।’ 

जलवायु परिवर्तनको असर नेपालका हिमालमा परिरहेको भन्दै सरकारले निरन्तर विश्व समुदायलाई सचेत गराउँदै आएको उनले स्पष्ट पारिन् । उनले भनिन्, ‘यसको लागि नेपाल सरकारले निरन्तर विश्व समुदायसँग आह्वान गर्दै आएको कुरा पनि यहाँहरूलाई अवगत गर्न चाहन्छौँ । सञ्चार माध्यमहरूलाई जिम्मेवार बनाउन सरकार प्रतिवद्ध छ । सरकारले विशेष ध्यान दिनु पनि पर्दछ । सरकारले जलवायु परिवर्तनसम्बन्धि राष्ट्रिय नीति तर्जुमा गरेको छ । यसकै आधारमा रहेर हामीले प्रचार प्रसारको नीति र आवश्यक संयन्त्र बनाउनु आजको आवश्यकता हो ।’ 





  • प्रकाशित मिति : जेठ ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया