संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहान ११ बजेको लागि बैठक बस्ने तय भएपनि पछि सूचना टाँसेर दिउँसो २ बजे सारिएको हो । त्यसपछि पनि सरेको बैठक साँझ साढे ६ बजे सुरु भएको हो ।
आजको प्रतिनिधिसभा बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । यस्तै, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो । शनिबार बसेको शीर्ष नेताको बैठकले समिति बनाउने निर्णय गरेपछि भने आज संसद् बैठक सहजरूपले सञ्चालन भएको हो ।
कांग्रेससहित विपक्षी दलको अवरोधकाबीच गृहमन्त्रीले आफूले संसदमा बोल्न पाउनुपर्ने माग गर्दै आएका थिए । समिति बनाउने निर्णयसँगै विपक्षी दलहरू उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ सुन्न तयार भएका हुन् । अहिले बैठक जारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।