logo-img

नेविसंघको प्रदर्शन : ‘जिबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ [तस्बिरहरू]
तस्बिर : अन्जन वाग्ले/एनएनबी

सहकारीका लाखौँ बचतकर्ताको अर्बौँ रुपैयाँ ठगी प्रकरण र झापाको गिरीबन्धु टी–स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले जुलुस निकालेको छ ।

दिउँसो उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र एमाले अध्यक्ष केपी ओलीविरुद्ध नेविसंघ आइतबार काठमाडौंमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएको हो । 



‘जिबी राई कहाँ छ ? रवि दाइलाई थाहा छ’, ‘गज्जब छ बा, नीतिगत भ्रष्टाचारी र सहकारी ठग !’ लगायतका नारा लेखिएका प्लेकार्ड नेविसंघका विद्यार्थीले बोकेका थिए । 

सहकारी ठगी प्रकरणमा मन्त्री लामिछानेमाथि छानबिन गर्न कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आएको छ । संसद् अवरोध जारी रहँदा सडकमा पनि प्रदर्शन भइरहेको हो । 





  • प्रकाशित मिति : जेठ ६, २०८१ आइतबार १६:४३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया