logo-img

संसदीय छानबिन : टिओआरमा हुन सकेन सहमति

सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टिओआर) कार्यदलकाे बैठक सहमतिमा नपुगी टुंगिएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा आइतबार बसेको कार्यदलको बैठकमा दलहरूबीच सहमति हुन नसकेकाे हाे । 

कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठन गरिएको उक्त कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।



बैठकमा कांग्रेसले छानबिनमा गृहमन्त्री रवि लामिछानेकाे नाम उल्लेख गर्नुपर्ने अडान छाडेकाे छैन । एमाले र रास्वपा उनकाे नाम उल्लेख गर्ने पक्षमा नहुँदा कार्यदलकाे बैठक विनानिष्कर्ष टुंगिएकाे हाे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले कुनै एक व्यक्तिलाई आजै दोषी हो भनेर उहीमाथि मात्रै छानबिन हुनु न्यायोचित नहुने भन्दै समग्र सहकारीमा छानबिन गर्नुपर्ने बताए ।





  • प्रकाशित मिति : जेठ ६, २०८१ आइतबार १७:८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया